सत्तारुढ दलको विवाद टुङ्गिएसँगै गण्डकीको बजेट बहुमतले पारित

पाेखरा | असार ३०, २०७९

सत्तारुढ दलको विवाद टुङ्गिएसँगै गण्डकीको बजेट बहुमतले पारित

 

पोखरा:  गण्डकी प्रदेश सरकारको बजेट बहुमतले पारित भएको छ । प्रदेशको दशौं अधिवेशन तथा अठ्ठाइसौं प्रदेश सभाको बैठकबाट आज (बिहीबार) बजेट पास भएको हो ।

 

प्रदेशका अर्थमन्त्री रामजी बरालले आर्थिक वर्ष २०७९-०८० का लागि असार १ गते ३५ अर्व ९० करोड ९० लाखको बजेट पेस गरेका थिए । गण्डकी प्रदेशका सांसदहरुबीच तालमेल नमिल्दा बजेटउपर छलफल लम्बिएको थियो ।

 

पूर्व सरकारले राखेको निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम अर्थमन्त्री बरालले कटौटी गरेपछि  सत्तारुढ दलमा विवाद चुलिएको थियो ।  सो कार्यक्रमलाई फरक शिर्षकबाट समेट्ने प्रतिवद्धता पछि २२ असारमा विनियोजन विधेयक पेस भएको थियो । ६ दिनको निरन्तर छलफलपछि आज (बिहीबार) बजेट पारित भएको हो ।

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्